एजेन्सी – विश्वको सबैभन्दा ठूलो मुस्लिम राष्ट्र इन्डोनेसिया ब्रिक्सको पूर्ण सदस्य बनेको छ। ब्राजिलले सोमबार यसको आधिकारिक घोषणा गरेको हो।
ब्राजिलको विदेश मन्त्रालयले भनेको छ- दक्षिणपूर्वी एसियाको सबैभन्दा बढी जनसंख्या भएको देश इन्डोनेसियाले अब अन्य सदस्यहरूसँग विश्वव्यापी शासन संस्थाहरूको सुधार र ग्लोबल साउथ भित्रको सहयोगमा सकारात्मक भूमिका खेल्नेछ।’
सन् २०२५ मा ब्राजिलले ब्रिक्स बैठकको अध्यक्षता गर्नेछ। सन् २०२३ मा जोहानेसबर्ग सम्मेलनमा इन्डोनेसियालाई ब्रिक्स संगठनमा सामेल हुन स्वीकृति दिइएको थियो।
यस वर्ष जुलाईमा रियो दि जेनेरियोमा हुने भनिएको ब्रिक्स शिखर सम्मेलनको अध्यक्षता ब्राजिलले गर्नेछ।
आफ्नो राष्ट्रपतिको समयमा ब्राजिलले ग्लोबल साउथका देशहरू बीचको सहयोगलाई प्रवर्द्धन गर्ने र बहुपक्षीय संस्थाहरूमा नीति सुधार गर्ने लक्ष्य राखेको छ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले आफ्नो लक्ष्य ब्रिक्स सदस्य राष्ट्रहरूबीच व्यापार सहज बनाउन भुक्तानका माध्यमहरूको विकास गर्नु रहेको बताए।
ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इरान र यूएई गरी ९ सदस्यीय राष्ट्रहरू थिए। इन्डोनेसिया थपिएपछि अब यसको सदस्य संख्या १० भएको हो।