पोखरा- सूर्यदर्शन सहकारीको बचत रकम अपचलनको मुद्दामा पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले यस्तो आदेश गरेको हो।
उनीसहित रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा उनीहरूविरुद्ध मुद्दा दायर भएको थियो।


