पोखरा- सूर्यदर्शन सहकारी ठगी प्रकरणका ३ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका छन्।
आरोपी सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन्।
जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले कृष्ण गुरुङलाई १ लाख, मीना र आरतीलाई ५/५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
अदालतको आदेशलगत्तै धरौटी वापतको रकम जम्मा गरेर उनीहरु छुटेका हुन्।
अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सभापति रवि लामिछानेलाई ६५ लाख र पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
तर, काठमाडौं लगायतका जिल्लामा पनि अरु मुद्दा भएकाले उनी तत्काल छुट्ने छैनन्।


