काठमाडौँ – ८४ दिनको लामो हिरासतपछि रिहा भएका रास्वपा सभापति रवि लामिछानेले अझै धेरै लडाइँ बाँकी रहेको बताएका छन्।
हिजो एक भिडियो सन्देशमा लामिछानेले न्यायालयप्रति विश्वास रहेको पनि बताएका छन्। उनले भने, ‘बोल्ने समय आएपछि नबोल भन्दा पनि बोलौँला। अहिलेलाई म सबैजनालाई धेरैधरै धन्यवाद भन्छु। धेरै लडाइँ बाँकी नै छ। जजसले माया गर्नुभो सबैलाई धन्यवाद। न्यायालयप्रति म विशेष आभारी छु। न्याय प्रणालीप्रति विश्वास गर्ने ठाउँ प्राप्त गरेकोमा धन्यवाद।’
सूर्यदर्शन सहकारी प्रकरणमा मुछिएका उनलाई हिजो बिहीबार जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। रिहा भएपछि लामिछानेको पोखरामै स्वास्थ्य जाँच गरी प्रहरीले परिवारलाई जिम्मा लगाएको थियो।
