काठमाडौँ- पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पोखराबाट काठमाडौँ आउन लागेका छन्।
काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुनका लागि उनी आउन लागेका हुन्।
बिहीबार ६५ लाख धरौटी बुझाएर रिहा भएका उनी शुक्रबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने कागज गरेर रिहा भएका थिए।
रास्वपाका एक नेताले रवि आजै काठमाडौँ जिल्ला अदालत उपस्थित हुने बताए।
बिहीबार राति उनी पोखरा नै बसेका थिए।
