काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार अघि बढ्न नसक्ने बताएका छन्।
शुक्रबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
प्रचण्डले अहिलेको सरकार अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी रहेको आरोप लगाए। उनले अप्राकृतिक सरकार भएकाले अब चल्न नसक्ने बताए। ‘यो गठबन्धन अप्राकृतिक छ, अलोकतान्त्रिक छ, अपारदर्शी छ भन्ने कुरा मैले गम्भीर रूपले पार्लियामेन्ट र बाहिर पनि भनेको सुन्नुभएको छ नै। अप्राकृतिक भएकाले अब यो चल्दैन,’ उनले भने।
प्रचण्डले आजको बैठकमा समाजवादी मोर्चालाई फेरि सक्रिय बनाउनेबारे छलफल भएको पनि बताए।


