काठमाडौँ – कास्की जिल्ला अदालतबाट ६५ लाख रुपैयाँ धरौटीमा बिहीबार रिहा भएका रास्वपा सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा हाजिर हुँदै छन्।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालतमा पनि उनीलगायतविरुद्ध मुद्दा भएकाले उनी आइतबार अदालत उपस्थित हुन लागेका हुन्।
आफै काठमाडौं अदालत उपस्थित हुने भनेपछि कास्की प्रहरीले लामिछानेलाई पार्टी र प्रहरीले जिम्मा लगाएको थियो।
पुस २१ गते स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसहित ३९ जनाविरूद्ध मुद्दा दायर गरेको थियो। तीमध्ये दुई जना धरौटीमा रिहा भइसकेका छन्।


