काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई फेरि प्रहरी हिरासतमै पुगेका छन्।
८४ दिनपछि बिहीबार प्रहरी हिरासतमुक्त भएका लामिछाने आइतबार पुन: प्रहरीकै हिरासतमा पुगेका हुन्।
उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा राखिने भएको छ।
जिल्लाका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेपछि रविलाई प्रहरीले हिरासतमै राख्ने भएको हो।
अदालतको आदेशपछि रवि सलाम गर्दै निस्किएका छन्।



तस्बिर : नेपाल फोटो लाइब्रेरी


