२०८३ साउन १३ गते बुधबार

हेडसेफ हुँदै होटल व्यवसायतर्फ ढल्केका कँडेल नेपाली खानाको प्रचारमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २८
headchef

काठमाडौँ- नेपाली देखि अन्य खानाका पारखीहरुलाई मिठोमिठो परिकार बनाएर देश बिदेशमा पस्कदै आएका छन सेफ घनश्याम कँडेल।

जापानिज, इन्डियन, थाई र नेपाली परिकारलाई फयूजन गर्दै सेफ कँडेल परम्परागत परिकारलाई आधुनिक शैलीमा नवीनता र सृजनात्मकता प्रस्तुत गर्दै तिनीहरूको मौलिकता कायम राख्न माहिर छन्।

सेफ कँडेलको असाधारण क्षमताले उनलाई हस्पिटालिटी क्षेत्रको ताराका रुपमा हेर्न थालिएको छ।

हिमालयन स्वादको गहिरो जरा र टोकियोमा ३० भन्दा बढी रेस्टुरेन्टहरूको पाएको अनुभवलाई सेफ कँडेल विश्वव्यापी पाक शैलीमा योगदान दिनेमध्ये अग्रणी छन्।

हजारौं नेपाली उद्यमीलाई प्रेरणा दिने उनै सेफ कँडेल सांस्कृतिक राजदूतको रूपमा परिचित छन्।

आफ्नो सिर्जनशील परिकारहरूमा परम्परा र नवीनतालाई सन्तुलनमा राख्दै सबैलाई मोहित पार्ने गरेका छन् सेफ कँडेलले।

उद्यमशील सोच र सिर्जनात्मक क्षमताका लागि चिनिएका शेफ कँडेलले नेपाली खानाको परम्परालाई विश्वव्यापी ग्यास्ट्रोनोमिक प्रभावहरूसँग जोड्दै नयाँ आयाम प्रदान गर्दै आएकाक छन्।

शेफ कँडेलको खानाले विश्वव्यापी प्लेटफर्महरूमा व्याख्यान, सेमिनार, र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा निर्णायकका रूपमा सक्रिय भूमिका खेल्ने र पाककला क्षेत्रका नयाँ पुस्ताहरूलाई मार्गदर्शन प्रदान गर्ने आशा गरिएको छ।

‘नेपाली परम्परागत खानालाई अन्तर्राष्ट्रिय प्रभावहरूसँग मिसाएर विश्वव्यापी पाककला परिदृश्यमा नयाँ दृष्टिकोण ल्याएका छन्,’ सेफ कँडेलले भने।

नेपाली खानालाई विश्व मंचमा पुर्याउनमा उनी प्रमुख पात्र मध्येका एक सेफ कँडेलले नयाँ पुस्ताका शेफहरूलाई प्रेरित गर्दै र आधुनिक रुपमा परिस्कृत गर्दै गरेका छन्।

उनका शब्दहरूमा, “खाना भनेको केवल परिकार मात्र होइन, यो मानिसहरूलाई जोड्ने पुल हो।

पाकलालाई आफनो पेशा ठानेका सेफ कँडेलले आफनो नवीनतम कुकबुक, “टिमुर” मा पनि स्थापित परम्पराको सम्मान गर्दै नयाँ स्वादहरूको खोजीमा सीमाना नाघ्ने एउटा कथाका रुपमा लिएका छन्।

नेपाली, जापानिज र थाई अनि इण्डियन खानाका पारखीहरुका लागि यो पुस्तक सहयोगी र बहुउपयोगी बन्ने छ।

सेफ कँडेल र दुर्गा खड्काको पाककला सम्बन्धी पुस्तक भोजनलिपि पनि प्रकाशनको चरणमा छ।

बागलुङ जिल्ला तात्कालीन बिहुँकोट गाउँ विकास समिति वार्ड नं ४ अहिले काठेखोला गाउँपालिका वार्ड नं ६ मा जन्मिएका सेफ कँडेल अहिले जापानमा सेफ पेशामा र आफ्नै व्यवसाय सक्रिय छन्।

१२ कक्षासम्म पढाइ सकाएपछि अरु पढ्ने इच्छा हुँदाहुँदै पनि पढ्ने वातावरण नहुँदा र आफ्नो जिम्मेवारी र भविष्यको पिरलो बढ्दै जाँदा अवसर र विकल्प खोज्दै जाँदा आफू भारत पुगेका सेफ कँडेल दाजुको प्रेरणबाट यो पेशामा लागेका हुन्।

उनका दाजु पनि भारतमै सेफका रुपमा काम गर्दै गएकोले उनलाई काम गर्न र सिक्ने अवसरका मिल्यो। भारतको सिकाइ नै अहिले सेफ कँडेलका लागि टनिङ प्वाइन्ट बन्यो।

किचन हेल्परका रुपमा हस्पििलिटी क्षेत्रमा प्रवेश गरेका सेफ कँडेललाई आजका दिनमा सफल सेफ र ब्यावसायीका रुपमा देख्न सकिन्छ।

२००७ अगस्टमा जापान पुगेका सेफ कँडेलले टोकियो स्थित इन्डियन रेस्टुरेन्टबाट किचन सेफको रूपमा काम शुरु गर्दै आफनै ब्यावसायलाई पनि निरन्तरता दिंदै आएका छन्।

एउटा किचन हेल्परदेखि सेफ हुँदै सफल व्यवसायीसम्मको यात्रा आज जति सुखद छ, त्यसमा भयङ्कर दुःख समस्या पनि थिए।

भाषाको समस्याले सुरुवाती समयमा गाली पनि खाएको अनुभव संगालेका सेफ कँडेलले कामलाई सम्मान गर्दाको परिणम आजको अवस्था हो।

समाजसेवीको रुपमा कार्यरत चिनिएका कँडेलले अरुलाई सहयोग गर्ने र त्यो सहयोगले आफूलाई छुट्टै आनन्दको महसुश हुने गरेको बताउँछन्।

आर्थिक स्थिति कमजोर भई शिक्षा, स्वास्थ्य, दैविप्रकोप। तथा अन्य समस्या नेपाल र जापानमा पनि बिरामी भई कोही मर्न नपरोस् भनेर संस्थागत सहयोग गर्दै आएका छन्।

सेफ कँडेलले बिहुँकोट समाज जापानको निवर्तमान अध्यक्ष र एनआरएनए जापानको सल्लाहकारको रुपमा समाजसेवा गरिरहेका छन्।

प्रकाशित: २०८१ पुस २८ गते आईतबार ०४:५७
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना