काठमाडौँ– नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन्।
चेक अनादर सम्बन्धी कसुरमा जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार एमालेको भातृसंगठन युवा संघका अर्का नेताको जाहेरीमा मल्ल पक्राउ परेका हुन्।
२० लाख ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि मल्ला पक्राउ परेका हुन्।
चेक बाउन्स भएको घटनामा दुई पक्षबीच जुनसुकै चरणमा पनि मिलापत्र हुन सक्छ।


