काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ।
अन्तराष्ट्रिय बजारमा एक औँस सुनको मूल्य दुई हजार छ सय ९५ अमेरिकी डलर निर्धारण भएको छ।
नेपाली बजारमा आज सूनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला एक हजार दुइ सयले वृद्धि भई एक लाख ५६ हजार ६ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सोही परिमाणको सुनको मूल्य एक लाख ५५ हजार चार सयमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य प्रतितोला ५० ले बढेर एक हजार आठ सय ८० पुगेको छ।
बुधबार एक तोला चाँदी एक हजार आठ सय ३० मा किनबेच भएको थियो।


