काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले २०८७ सालमा संविधान संशोधन गर्छ भनी त्यतिञ्जेल टिकाइदिनुपर्ने हो भनी प्रश्न गरेका छन्।
शुक्रबार काठमाडौंमा विपक्षी दलहरूको पत्रकार सम्मेलनपछि उनले जनतालाई सुशासन, रोजगारी दिन र उत्पादन बढाउन अहिलेको सरकारले नसकेको पनि बताए।
उनले सरकार असफल भएको भन्दै सरकारका क्रियाकलापहरू पनि सन्तोषजनक नरहेको बताए। उनले अहिलेको सरकारले संविधानलाई पूर्ण रूपमा बेवास्ता गरेको बताए। उनले संविधान संशोधन गर्न भनेर ०८७ सम्म अहिलेका प्रधानमन्त्रीलाई टिकाइदिनुपर्ने ? भन्दै प्रश्न गरे।
उनले भने, ‘वास्तवमा यो सरकारले जन अपेक्षाहरू पूरा गर्न सकेको छैन। यो सरकार जनतालाई सुशासन दिन सकेको छैन, रोजगारी प्रवर्द्धन गर्न सकेको छैन, उत्पादन बढाउन सकेको छैन। त्यसैले यो सरकार असफल छ। संविधान संशोधन गर्ने जस्तो विषयमा अरू कुनै पार्टीसँग परामर्श नगरी रातारात संविधान संशोधन नगरी नहुने के थियो ? र अहिलेसम्म किन अघि बढेन। यो सरकारलाई २०८७ सम्म टिकाइराख्नुपर्यो ? प्रधानमन्त्रीलाई टिकाइराख्नुपर्ने ?’
सरकारले सदनलाई बेवास्ता गरेको विपक्षी दलहरूले सडक संघर्ष गर्ने पनि उनले चेतावनी दिए।


