कास्की – साइबर अपराधमा प्रहरी हिरासतमा रहेका निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन्।
रवि लामिछाने कास्की प्रहरीको हिरासतमा सुतिरहेका बेला तस्बिर खिचेर सार्वजनिक गरेपछि उनलाई प्रहरीले दोस्रो पटक पक्राउ गरेको थियो।
त्यतिबेला हिरासतमा राख्न अदालतले इन्कारी आदेश दिँदा उनी हाजिरी जमानीमा छुटेका थिए। बिहीबार उनीविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएपछि थुनछेक बहस चलेको थियो।
न्यायाधीश शंकरबहादुर राईको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।


