काठमाडौँ – आज कर्णाली प्रदेशका एक दुई ठाउँमा हिमपातको सम्भावना रहेको तथा बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति कर्णालीको हिमाली क्षेत्रमा आंशिकदेखि साधारण बदली भई एक दुई ठाउँमा हिमपात हुने सम्भावना छ।
आज बिहान तराईका धेरै जिल्लाका साथै उपत्यकाहरूमा हुस्सु र कुहिरो लागेको छ। यसले जनजीवन प्रभावित हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ।


