काठमाडौँ – राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।
राष्ट्रिय मुक्ति क्रान्ति अभियान चलाएका महतोले पछिल्लो समय राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।
मंगलबार भने निर्वाचनमा आयोगमा दर्ता भएको प्रमाणपत्र दिइएको हो।
चुनाव चिह्न ‘माछा’ माग गरे पनि निर्वाचन आयोगले उक्त पार्टीलाई ‘ग्यास सिलिण्डर’ चुनाव चिह्न दिएको छ।
गाढा निलो रंगको आयातकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डासमेत प्रदान गरिएको छ।


