काठमाडौँ- बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन गरेको अभियोग खेपिरहेका पूर्वउप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन्। बुधबार अदालतमा उपस्थित हुनका लागि रवि मंगलबार नै रुपन्देही पुगेका हुन्।
लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको छ।
सुप्रिम सहकारी ठगीको अभियोगमा लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।
यसअघि माघ २ गते काठमाडौँ कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको ठगीको अभियोगमा उनी ६० लाख धरौटी रकम बुझाएर रिहा भएका छन्।
यस्तै पुस २६ कास्कीको सूर्यदर्शन सहकारी ठगीको आरोपमा उनी ६५ लाख धरौटी रकम बुझाएर रिहा भएका थिए। कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन प्रहरीको न्यायिक हिरासत बसेका थिए।


