काठमाडौँ- सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने नीति लिएको छ। आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्।
यस्तै २०८० को दशकलाई पर्यटक दशकको रुपमा बनाइने विषय समेत नीतिकार्यक्रममा उल्लेख छ।
सरकारले पर्यटक भित्र्याउन पूर्वाधार खडा गर्न विशेष कार्यक्रम तय गर्नेसमेत घोषणा गरेका छन्।


