काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले निकिता पौडेल र कानुन व्यवसायीको जिम्मा लगाउन आदेश गरेको छ। भोलि (बिहीवार) उपस्थित गराउने शर्तमा उनलाई जिम्मा लगाउन आदेश दिएको हो।
बिहीवार बिहान १० बजे अदालत उपस्थित हुने गरी रविलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले दिएको हो।
बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी बिहीबार अदालत उपस्थित भएका थिए।बिहीबार उनको बयान सकिएको छ।
भोलिबाट रविको थुनछेक बहस सुरु हुनेछ। लामिछानेका साथै छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
