काठमाडौँ- नेपाल मेडिकल काउन्सिलको ७१औं लाइसेन्स परीक्षामा ६९ प्रतिशत परीक्षार्थी फेल भएका छन्।
काउन्सिलका रजिष्ट्रार डा सतीशकुमार देवका अनुसार एमबीबीएस र बीडीएसतर्फ कुल ८४४ जनाले परीक्षामा सहभागिता जनाएका थिए। तर, उत्तीर्ण संख्या २६२ जना (३१.०४ प्रतिशत) उत्तीर्ण भएका छन्।
मेडिकलतर्फ ७७० जनाले फारम भरेकोमा १७ जना परीक्षामा अनुपस्थित भए। ७५३ जनाले परीक्षा दिँदा २४१ जना (३२.०१ प्रतिशत) उत्तीर्ण भए। यो समूहमा ७ जनाको नतिजा रोकिएको छ।
बीडीएसतर्फ ९५ जनाले फारम भरेकोमा ४ जना अनुपस्थित रहँदा ९१ जनाले परीक्षामा सहभागिता जनाए। त्यसमध्ये २१ जना (२३.०८ प्रतिशत) उत्तीर्ण भए।


