काठमाडौँ- सरकारले स्वास्थ्य बिमा कार्यक्रमको पुनरवलोकन गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो उल्लेख गरेका हुन्।
उनले आधारभूत अस्पतालमा काम गर्ने चित्किसलाई उच्च चिकित्सा शिक्षामा अवसर दिनेसमेत नीति लिइने बताए। नेपाल स्वास्थ्य बिमा बोर्डले सञ्चालन गरिरहेको कार्यक्रम प्रभावकारी नभएपछि पुनरवलोकन गर्नुपर्ने माग उठ्दै आएको थियो।
यस्तै सरकारी अस्पतलामा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्ने नीति लिइने समेत उक्त दस्तावेजमा उल्लेख छ। हाल बिहान ९ बजेदेखि मात्रै सञ्चलन हुने र ४ बजेट नै बन्द हुने यो सेवालाई थप समय दिने बताइएको हो।


