पोखरा– गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते आह्वान गर्न सिफारिस गर्ने निर्णय भएको छ।
मन्त्रिपरिषद्को बैठकले माघ २१ गते संसद बैठक डाक्न प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
प्रदेश सभाको वर्षे अधिवेशन असोज ८ गते अन्त्य भएको थियो।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिउँदे अधिवेशनमा कम्तीमा पनि १० वटा विधेयक पारित गर्ने तयारी सरकारले गरेको जिकिर गरेका छन्।


