काठमाडौँ – नेपाल बार काउन्सिलको बागमती प्रदेशको पार्षद्का लागि वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालले उम्मेदवारी घोषणा गरेका छन्।
वरिष्ठ अधिवक्ता कोइरालाले आज पत्रकार सम्मेलन गरी यही माघ २६ गते हुन गइरहेको नेपाल बार काउन्सिलको पार्षद् चुनावी अभियानकै क्रममा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन तर्फबाट बाग्मती प्रदेशबाट उम्मेदवारी दिने घोषणा गरेका हुन्।
वरिष्ठ अधिवक्ता कोइरालाले सर्वोच्च अदालतमा करिब ३२ वर्षदेखि कानुन व्यवसायीका रूपमा काम गर्दै आएका छन्। महान्यायाधिवक्ताको अध्यक्षतामा रहने कानुन व्यवसायी परिषद्को उपाध्यक्षमा नेपाल बार एशोसियसनको निर्वाचित अध्यक्ष हुने व्यवस्था रहेको छ।
सर्वोच्च अदालतको रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालयको डिनसहित सात प्रदेशवाट सात जना पार्षद् चयन हुन्छ।
यसअघि बागमती प्रदेशको पार्षद्को रूपमा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली निर्वाचित भएका थिए।


