२०८३ कार्तिक ११ गते मङ्गलबार

सहकारीले कफी किनेपछि कृषक उत्साहित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १२
coffeee

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी सहकारीले खरिद गर्न थालेपछि कृषक उत्साहित भएका छन्। दुलेगौडास्थित कृष्मी सहकारी संस्थाले कृषकले उत्पादित कफी खरिद गरिदिन थालेपछि यहाँका कृषक उत्साहित भएका हुन्। सहकारीले नै कफी खरिद गर्ने व्यवस्था मिलाएपछि उत्पादित कफीको बजार खोज्दै हिँड्नुपर्ने बाध्यताबाट मुक्ति पाएको शुक्लागण्डकी–१ थप्रेकका सुरज वाग्लेले बताए।

उनले भने, ‘कफी उत्पादन भएपछि कहाँ बिक्री गर्ने, कसलाई बिक्री गर्ने भन्ने अन्योल थियो, सहकारीले नै सबै कफी खरिद गरिदिने भएपछि कृषकलाई सहज भएको छ।’ हाल सुरुआती चरणमा आफूले २० बोट कफी लगाएकामा अब त्यसलाई विस्तार गर्ने योजना बनाएको उनको भनाइ छ।

सहकारीले प्रतिकिलो रु १०० का दरले कफी खरिद गर्ने गरेको सहकारीका अध्यक्ष मनराज गुरुङले बताए। उनले भने, ‘कृषकले जति परिणाममा कफी उत्पादन गरे पनि सहकारीले खरिद गरिदिनेछ।’ सहकारीले शुक्लागण्डकी–१२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ। बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफीखेती गर्ने अभियानसहित सहकारीले यहाँ कफीको नर्सरी स्थापना गरेको हो।

शुक्लागण्डकी नगरपालिका र राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँगको सहकार्यमा १० हजार कफीका बिरुवा उत्पादन भइरहेको अध्यक्ष गुरुङले जानकारी दिए। युवापुस्तामा कफीप्रति अत्यधिक आकर्षण रहेकाले बजारको माग सम्बोधनका लागि यहाँ कफी उत्पादन गर्ने लक्ष्य राखिएको गुरुङले बताए। उनले भने, ‘युवा पुस्तामा कफीको आकर्षण बढ्दो छ, आफ्नै माटोमा जीवन देख्नुपर्छ भन्ने सोच बोकेका कृषकलाई कफीका बिरुवा वितरण गर्छौं।’

कृषकले उत्पादन गरेको कफी बिक्रीका लागि बजारीकरणको व्यवस्था सहकारीले गरिदिने उनको भनाइ छ। ‘हामी कफीका बिरुवा मात्रै वितरण गर्दैनौँ, कफी उत्पादन भएपछि बिक्रीको जिम्मा लिन्छौँ,’ उनले भने, ‘एक किलो होस् वा १०० किलो, जति उत्पादन भए पनि बजारको चिन्ता लिनु पर्दैन।’ गुरुङले सबैभन्दा छिटो उत्पादन लिन सकिने र बाँदरबाट कम क्षति हुने कफीखेतीलाई प्रोत्साहन गरिएको बताए।

नगरपालिकाभित्र बाँझो रहेका जमिनको सदुपयोग गर्न र बसाइँसराइ रोक्दै आयआर्जनमा जोड्ने उद्देश्यसहित कफीखेती अभियान थालिएको नगरपालिकाका कृषि शाखा प्रमुख नवराज पण्डितले जानकारी दिए।

नगरपालिकाले गत वर्ष पाँच हजार कफीका बिरुवा वितरण गरेको थियो। यस वर्ष दश हजार बिरुवा वितरण गरिनेछ। बाँझो जमिनको उपयोग गर्दै उत्पादनसँग जोड्ने उद्देश्यले नगरपालिकाको चालु आर्थिक वर्षमा रहेको युवासँग उपप्रमुख कार्यक्रममार्फत शुक्लागण्डकीमा उत्पादन केन्द्रित अभियान सञ्चालन गरिएको हो।

शुक्लागण्डकीको ८०० मिटरदेखि एक हजार ४०० मिटर उचाइसम्मको पाखो जमिनमा कफीको व्यावसायिक खेतीको सम्भावना रहेकाले कृषकलाई कफीखेतीतर्फ प्रोत्साहन गरिएको पण्डितको भनाइ छ। यस अगाडि किसानले उत्पादन गरेको कफी कास्की, स्याङ्जालगायतका जिल्लामा बिक्री वितरण गरिएकामा यस वर्षदेखि कृष्मी बहुउद्देश्यीय सहकारी संस्थासँगको समन्वयमा किसानको उत्पादनलाई उचित मूल्यमा बजारीकरण गरिएको उनको भनाइ छ।

प्रकाशित: २०८१ माघ १२ गते शनिवार ०३:३१
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना