२०८३ कार्तिक १५ गते शनिवार

नवौँ वर्षमा प्रवेश गर्‍यो खल्ती, रु ८ मै ८८ हजार ८८८ जनालाई कफीको अफर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १३
khalti

काठमाडौँ- डिजिटल वालेट ‘खल्ती’ले आइतबार स्थापनाको ८औँ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ।

२०१७ बाट नेपालीहरू माझ मोबाइल टपअप अनि बिल भुक्तानी जस्ता सुविधाबाट सुरुवात भएको खल्तीको २०२५ सम्म आइपुग्दा डिजिटल रूपान्तरणमा उल्लेखनीय काम गरेको बताएको छ।

यी वर्षहरूमा सरकारी सेवा सुविधाको डिजिटल भुक्तानीदेखि लिएर विभिन्न ग्याजेट खरिदको लागि ‘खल्ती मल’ र रेस्टुराँदेखि मनोरञ्जनको एक्सक्लुसिभ डिल रहने ‘प्लेसेस बाई खल्ती’सम्म, खल्तीले आफ्नो डिजिटल सेवा विस्तार गरेको जनाएको छ।

पछिल्लो समय आफ्नो प्रयोगकर्ताहरू माझ कम्पनीले विभिन्न इन्स्योरन्स र लगानी जस्ता वित्तीय सेवाहरू पनि ल्याएको छ। यस्तै हालै खल्तीले गुगल प्ले स्टोरमा ५० लाख डाउनलोड पनि पूरा गरेको छ।

नेपाल प्रिमियर लिगको टिकटिङ, बाइक सुरक्षा र कार सुरक्षाको सुरुवात, बिगेस्ट पेमेन्ट जात्राको तेस्रो संस्करणको सफलता, रेस्टुराँ देखि मनोरञ्जनको एक्सक्लुसिभ डिल रहने प्लेसेस बाई खल्ती र ग्याजेटहरूका लागि खल्ती मलको स्थापना – यस आठौँ वर्षको प्रमुख बिन्दुहरू रहेको खल्तीले जनाएको छ।

यसैबिच वार्षिकोत्सवको अवसरमा गल्तीले रु ८ को अफर ल्याएको छ। माघ ०७ देखि १८ गतेसम्म लागू हुने यो अफरमा हरेक सुविधालाई निश्चित समय अवधि तोकेर रु ८ मा कफी, स्वास्थ्य सुरक्षा , टपअप, मुभी अनि फ्लाइट अफर ल्याइएको कम्पनीले जनाउको छ।

जसअनुसार पहिलो ८८ हजार ८८८ प्रयोगकर्ता सम्मलाई रु ८ मै कफी, पहिलो ८ हजार ८८८ प्रयोगकर्तालाई रु ८ मै सुरक्षा मिनी नामक स्वास्थ्य बिमा प्याकेज, ८८८ भाग्यशाली प्रयोगकर्ता सम्मलाई रु ८ मै रु ५०० सम्मको टपअप, ८८ भाग्यशाली प्रयोगकर्ता सम्मलाई रु ८ मै मुभी टिकट र ८ भाग्यशाली प्रयोगकर्ता सम्मलाई रु ८ मै फ्लाइट टिकट उपलब्ध गराइने कम्पनीले जनाएको छ।

रु ८ मै कफी प्राप्त गर्न प्रयोगकर्ताहरूले खल्ती एप भित्र ‘इन्टरटेनमेन्ट’ सेक्सनमा गई ‘प्लेसेस’ भित्र कफीको अफर छनोट गरी आफूलाई पायक पर्ने ठाउँमा रु ८ मै कफी अर्डर गर्न सक्नेछन् भने यस अफर माघ १३ देखि १५ सम्मका लागि मान्य रहने खल्तीले जनाएको छ।

खल्तीले अन्य अफरको लागि आ–आफ्नो समय अवधि र व्यवस्था छुट्टाएको छ। यसका साथै, खल्तीले विभिन्न मर्चेन्टसँग साझेदारी गर्दै खल्ती मल अफर तथा उपहार पनि आफ्नो आठौँ वार्षिकोत्सवको उपलक्षमा उपलब्ध गराएको छ।

खल्तीका प्रमुख कार्यकारी अधिकारी विनय खड्काले आज हरेक नेपाली घरमा खल्ती एक विश्वसनीय ब्रान्डको रूपमा उभिन सफल भएको भन्दै आगामी दिनमा पनि ग्राहको चाहनाअनुसार सेवा प्रदान गर्दै अघि बढिने प्रतितबद्धता जनाए।

प्रकाशित: २०८१ माघ १३ गते आईतबार ११:२१
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना