काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तराई-मधेस समन्वय विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन्।
केन्द्रीय सदस्य किरण यादव प्रमुख रहेको विभागमा देउवाले १० सदस्य मनोनयन गरेका हुन्।
मनोनयन भएका सदस्यमा बाराका कृष्णवर्त सिंह, कपिलवस्तुका सहसराम यादव, सप्तरीका प्रमोदकुमार झा, नवलपुरका मोहनलाल कलवार, सुनसरीका श्यामदेव मेहता र सिरहाका अरूणकुमार सिंह छन्।
यस्तै, रौतहटका रामकृपाल यादव, काठमाडौँका दिलमाया अधिकारी, कञ्चनपुरका लालबहादुर राउत राय र सर्लाहीका उमेश चौधरी रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।



