काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले सदनमा खरो रूपमा प्रस्तुत हुने निर्णय गरेको छ। पार्टी कार्यालय वनस्थलीमा सोमबार बसेको रास्वपा सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
रास्वपा सांसदहरुले गुणदोषका आधारमा सदनमा खरो बहस गर्ने निर्णय भएको रास्वपा कार्यवहाक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। अध्यादेशका विषयमा पनि गुण र दोषका आधारमा बहस गर्ने निर्णय भएको उनको भनाइ थियो।
वर्तमान सरकारका कारण सम्पूर्ण व्यवस्थामाथि नै प्रश्नचिन्ह खडा हुने अवस्था सिर्जना भएकोसमेत रास्वपाको निष्कर्ष छ।
सरकारको असक्षमताका कारण सम्पूर्ण व्यवस्थामाथि नै प्रश्नचिन्ह खडा हुने अवस्था सिर्जना भएको र त्यसको सत्ता साझेदार दलले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको हो।
विगत ६ महिनामा गठबन्धन निर्माणको घोषित उदेश्य अनुरुप कुनै पनि नजिता नदेखिएको अवस्थामा संसद अघि हतास मनस्थितिमा काम देखाउन सरकारले अध्यादेश ल्याएको रास्वपाको ठहर छ।
बैठकले केन्द्रीय सचिवालय सदस्यको नेतृत्वमा आगामी फागुन महिनामा सातै प्रदेशमा सर्वाङ्गीण सम्वाद गर्ने निर्णय गरेको छ।
त्यस्तै बैठकले प्रदेश समितिलाई प्रदेश तहमा तीन सदस्यीय कार्यदल बनाइ सम्बन्धीत प्रदेशभित्रका स्वतन्त्र जनप्रतिनिधहरुलाई रास्वपामा आवद्ध गर्न गराउन सुझाव सहितको प्रतिवेदन पार्टी महामन्त्रीलाई बुझाउन निर्देशन दिने निर्णय गरेको छ।


