आशिका तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० हजार धरौटीमा रिहा गरेको छ।
गौशालाका प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी तामाङ १० हजार धरौटीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंकी प्रवक्ता डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन्।
तामाङ माघ २ गते पक्राउ परेकी थिइन्।
उनले धरौटी बुझाएपनि प्रहरीले उनलाई पुन: पक्राउ गरी जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाएको छ।
