काठमाडौँ- भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भेट गरेका छन्। महावरले बुधबार परराषट्रमन्त्री डा राणासँग भेट गरेका हुन्।
भेटमा नेपाल-भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा देउवाको सचिवालयले जनाएको छ।
महावरले मंगलबार गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए।
गृहमन्त्री लेखकसँगको भेटमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्यका विषयमा छलफल भएको थियो।
दुवै देशका सीमा सुरक्षाबलबीचको सम्बन्ध र सहकार्य, लागूऔषध ओसारपसार तथा दुर्व्यवसन नियन्त्रणलगायत विषयमा पनि छलफल भएको मन्त्री लेखकको सचिवालयले जानकारी दिएको छ।
