काठमाडौँ- ईसेवाले २ लाख रुपैयाँसम्म कर्जा प्रदान गर्ने भएको छ। ईसेवा र गुडविल फाईनान्स बिचको सहकार्यमा यो सेवा थप गरिएको हो।
इसेवाले गुडविल फाइनान्स लिमिटेडको सहकार्यमा एजेन्टहरुलाई अब ३० हजार देखि २ लाखसम्म इजी लोन प्रदान गर्ने छ।
पैसाको आवश्यकता परेको बेला बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रक्रिया झन्झटिलो प्रक्रिया रहेकाले ईसेवाको यो स्किमले सहज बनाउने विश्वास दुवै कम्पनीहरुको छ।
इजी लोन आएसँगै यो कुराको धेरै हदसम्म समाधान भएको र व्यापारिक सहजता धेरै बढाएको इसेवा एजेन्टहरूको भनाइ रहेको छ।


