काठमाडौँ- चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी बीवाईडीले ९ हजार २ वटा कार बोक्ने जहाज ‘बीवाईडी सेन्जेन’ सार्वजनिक गरेको छ ।
कार बोक्ने यो जहाज संसारकै ठूलो भएको कम्पनीको दाबी छ।
चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएको यो जहाजलाई प्रयोगमा ल्याइएको कम्पनीले जानकारी दिएको छ।
सेन्जेन जहाज २१९ मिटर लामो र ३७.७ मिटर चौडा छ ।
यसमा बीवाईडीको आधुनिक ब्याट्री प्याक, साफ्ट जेनेरेटरद्वारा सञ्चालित छ।
बीवाईडीले सन् २०२६ सम्म आफ्नो जहाज संख्या ८ पुर्याउने बजारमा लक्ष्य राखेको जनाएको छ।
सन् २०२४ मा बीवाईडीले ४ लाख १७ हजार विद्युतीय गाडी विदेश पठाएको बताएको छ। यो अघिल्लो वर्षभन्दा ७२ प्रतिशतले बढी हो।
