२०८३ साउन १३ गते बुधबार

कांग्रेसको स्टार्ट-अप सम्मेलन : ३ सत्रमा १४ वक्ताले के भने?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १६
nc_startup (1)

काठमाडौँ- नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागको आयोजनामा सुरु भएको सम्मेलनमा मंगलबार तीन सत्रमा छलफल भएको छ। बुधबारसम्म चल्ने सम्मेलनमा थप तीन सत्रमा उद्यमशीलता तथा स्टार्ट अपसम्बन्धी छलफल हुनेछ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु भएको सम्मेलनले व्यवसाय प्रारम्भ गर्ने चाहने उद्यमीको संख्या बढाउने लक्ष्य लिइएको विभागकी संयोजक उर्मिला थपलियाले जानकारी दिइन्।

सम्मेलनमा नेपालका विभिन्न साना तथा मझौला व्यवसायीहरूले आफ्नो उत्पादन र सेवाको प्रदर्शनी पनि गरिएको छ। सम्मेलनस्थलमा राखिएका ८० वटा स्टलहरूबाट बिक्री, वितरण एवं जानकारी समेत गराइरहेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रोबटको बटन थिचेर पानसमा बत्ती बालेर सम्मेलनको उद्धाटन गरेका थिए। नेपाल स्टार्टअप र एसएमई सम्मेलन नवीन उत्पादन र लगानीकर्ताका लागि एक अवसर भएको देउवाको उल्लेख गरे।

‘यस सम्मेलनले विभिन्न नविन उत्पादन, सेवाहरुको प्रदर्शनीले स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्दै लगानीकर्तालाई पनि अवसरका लागि प्रेरणा मिल्ने छ भने वेरोजगारी समस्यामा पिरोलिएका युवा जमातमा स्वरोजगारको नयाँ ढोका खोल्नेछ,’ देउवाको भनाइ थियो।

सभापति देउवाले नवप्रवर्तन र उद्दमशीलताका माध्यमबाट विश्वव्यापी मन्दीको मारमा परेको मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।

सभापति देउवाले थोरै लगानीमै स्टार्टअप व्यवसायलाई प्रभावकारी रुपमा संचालन गर्ने हो भने रोजगारीमा क्रान्ति ल्याउन पनि सकिनेसमेत उल्लेख गरे। ‘यस्ता उद्यम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ,’ उनले भने, ‘व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्य सँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ।’

नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले साना तथा मझौला उद्यम व्यवसाय प्रवर्धन गर्ने नीति लिएकासमेत उनको भनाइ थियो।

मुलुकको समुन्नतिका लागि सूचना प्रविधि क्षेत्रमा पनि ध्यान पुर्‍याउन सरकारलाई आफूहरूले सुझाव दिएको उनको भनाइ थियो। विभागका संयोजक उर्मिला थपलियाले डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने र साना उद्यमीलाई प्रोत्साहन गर्नका योगदान गर्ने विश्वास व्यक्त गरेकी थिइन्।

सम्लेनको पहिलो सत्र ‘नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रुपान्तरण’ का वक्ताहरूले सरकारको ‘सर्पोट विना’ स्टार्टअपले गति लिन नसक्ने बताएका थिए। किंङ्स कलेजका नरोत्तम अर्यालले समन्वय गरेको पहिलो सत्रमा पूर्वगभर्नर डा चिरञ्जीवि नेपाल, उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठ, नबिल बैंकका सिनियर डेपुटी सीईओ मनोज ज्ञवाली, गोल्डस्टार जुत्ताकी कार्यकारी निर्देशक विदूषी राणा र एनएएस आईटीका उपाध्यक्ष गौरव पाण्डे वक्ता थिए।

पूर्व गभर्नर डा. चिरन्जिवी नेपालले सरकारको ‘सर्पोट विना’ स्टार्टअप र उद्यमशीलताले गति लिन नसक्ने बताए। स्टार्टअपलाई सरकारको नीति, शिक्षा र तालिम, बैंकिङ सर्पोट आवश्यक हुने उनको भनाइ थियो।

स्टार्टअप र उद्यमशीलताका लागि सरकारको सहुलियत कर्जा बढाउनु पर्ने उनको भनाइ थियो। सहुलियतपूर्ण कर्जा केन्द्रीय बैंकबाट जान नसकेको बताउँदै नेपालले कर्जा प्रवाह बढाउनुपर्नेमा जोड दिए।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले विभिन्न कानुन संशोधन हुने गरी अध्यादेश ल्याएपछि निजी क्षेत्र उत्साहित भएको बताउँदै श्रेष्ठले व्यवसायीमा नयाँ उर्जा पलाएको बताए। निजी क्षेत्रले धेरै वर्षदेखि उठाउँदै आएको मागलाई सरकारले सम्बोधन गरेको बताउँदै अध्यादेश पास भएपछि अर्थतन्त्र चलायमान हुने उनको दाबी छ।

‘अध्यादेशमा केही अपुग कुराहरु पनि छन्। त्यस विषयमा अध्यादेश टेबल भैसकेपछि छलफल गरौंला’, श्रेष्ठले भने, ‘हामी हाम्रा सुझावहरु पनि पेश गर्ने छौं। त्यसमा माननीयहरुमा अहम भूमिका हुनेमा हामी आशावादी छौं।’ मुलुकको वर्तमान परिस्थितीलाई सुधान गर्न सबै एकजुट हुनुपर्ने उनले बताए। उनले भने, ‘२०/४० प्रतिशतमा मात्रै उद्योग चलिरहेको छ। व्यवसाय सुस्ताएको छ। माग कम छ। व्यवसायीमा नैराश्यता छ। व्यवसायीको मनोदशा गम्भिर छ। मनोदशालाई परिवर्तन गर्न जरुरी छ। नीतिगत स्थिरता र निरन्तरता प्रमुख कुरा हो।’

राज्यले उद्योग व्यवसाय गर्ने नभई अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो। ‘व्यवसाय गर्दा राज्यलाई के फाईदा दियो त्यो हेर्ने, हो नाफा हेर्ने होईन। हाम्रो पनि व्यवसायिक धर्म हो। हामी नाफा हेर्छौं। उचित र अनुचित नाफामा सरकारले हेर्नुपर्छ’, श्रेष्ठले भने। उद्यमशीलता विषय घरबाटै सिकाउनु पर्ने श्रेष्ठको भनाइ छ। उद्यमशीलता पाठ्यक्रमा समावेश गर्नुपर्नेमा उनको जोड थियो।

नबिल बैंकका सिनियर डीसीओ मनोज ज्ञवालीले विश्वभर चलिरहेको स्टार्टअप ९० देखि ९५ प्रतिशत असफल हुने बताए। स्टार्टअप सुरु सुरुमै असफल हुने उनको भनाई छ। बैंकले बिजनेश असफलको रिक्स लिन नसक्ने कारणले स्टार्टअपलाई बैंकहरुले लगानी नगर्ने बताए। स्टार्टअपहरुले बैंकहरु खोज्नेभन्दा पनि सरकारी श्रोतहरु खोज्नुपर्ने उनको सुझाव छ। ‘यदी स्टार्टअप गर्ने हो भने आफ्नो सञ्चित रकमबाट सुरु गर्नुहोस्। यदी पुगेन भने परिवारको सदस्यहरुबाट लिनुहोस्। त्यसले पनि पुगेको भने भेन्चर क्यापिटलहरुमा जानुहोस्। त्यसले पनि पुगेन भने सरकारमा पुग्नुहोस्। यति गरेपछि स्टार्टअप ग्रो हुन्छ र बैंक त्यसपछि तपाईको पछि पछि लाग्छ।’

त्यस्तै गोल्डस्टार सुजका कार्यकारी निर्देशक विदुषी राणाले उत्पादनमूलक क्षेत्रमा नेपालले लगानी बढाउन जरुरी रहेको बताईन। नेपाली युवाहरुलाई शिप, तालिम प्रदान गरेर, नेपाली राखेर रोजगारी दिन सकिने उनको भनाई छ। ‘व्यवसाय गर्न नेपालमा मात्रै नभएर विश्वमै चुनौती छ। तर, नेपालमा धेरै चुनौतीहरु छन्। जुनसुकै व्यवसायमा प्रविधिको अनिवार्य भैसकेको छ। यदी प्रविधिलाई प्रयोग गरिएनौं भनेपछि परिन्छ’, उनले भनिन्।

उत्पादनमूलक उद्योगलाई बैंकहरुले प्रवाह गर्ने कर्जा महंगो भएको रानाले बताईन। ‘नेपालमा करिब १५ सय वटा फुटवेयर कम्पनीहरु छन्। करिब १५० कम्पनी मझौता र ४/५ वटा ठूला कम्पनी छन्। करिब ५० हजार जनालाई प्रत्यक्ष रोजगारी फुटवेयर उद्योगहरुले दिएका छन्। जसमध्ये ७५ प्रतिशत महिला जोडिएका छन्। नेपालबाट विदेश निर्यात हुने जुत्ताहरु मध्ये ९० प्रतिशत गोल्डस्टार रहेका छन्। पछिल्लो १० वर्षयता निर्यात गर्न गाह्रो भएको छ। बैंकको ब्याजदर महंगो छ। ट्रेडिङ र उत्पादनमूलक क्षेत्रमा व्याजदर फरक हुनुपर्छ।’ उत्पादनमूलक उद्योगलाई सरकारबाट प्रोरेक्शन हुनुपर्नेमा उनको जोड छ।

नास आईटीका उपाध्यक्ष गौरव पाण्डे युवालाई विदेश जान रोक्नुभन्दा पनि विदेशीएका युवालाई नेपाल फर्काएर व्यवसाय गर्नको लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। आईटी क्षेत्रमा नेपालले धेरै अघि बढेको बताउँदै करिब १ लाख युवा यस क्षेत्रमा आवद्ध रहेको बताए। अबको १० वर्षमा ४ लाख युवालाई रोजगारी प्रदान गर्न सकिने र वार्षिक १० खर्ब विदेशी मुद्रा आर्जन गर्न सकिने बताए। यसका लागि सरकारको नीति, बैंकिङ सर्पोट महत्वपूर्ण हुने उनले बताए।

सम्मेलनको दोस्रो सत्र ‘नेपालमा लगानी : स्टार्टअप र एसएमईहरुको भविष्य’का वक्ताहरूले स्टार्टअपका लागि लगानीको सहज वातावरण र एकद्वार प्रणाली आवश्यक भएको बताए। यसका लागि कानुनी जटिलता पहिचान गरी सक्दो सहज वातावरण तयार गर्नुपर्ने उनीहरूको भनाइ थियो।

पूर्व बैंकर राजु नेपालले समन्वय गरेको दोस्रो सत्रमा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवाली, आईडीआईका प्रमुख उमेश गुप्ता, विजनेस अक्सिजनका सीईओ सिद्धान्तराज पाण्डे र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी वक्ता थिए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले ल्याएको अध्यादेशले उद्योगी व्यवसायीहरुलाई सहज भएको बताएका हुन्। उनले भने, ‘सरकारले ल्याएको अध्यादेश महत्वपूर्ण छ। यसले धेरै आर्थिक ‘रिफर्म’का कामका लागि उद्योगीलाई उत्प्रेरित गरेको छ। यसलाई छिट्टै कार्यान्वयनमा ल्याएर सहयोग गर्न पनि पनि आग्रह गर्दछु।’

उद्योग वाणिज्य महासंघले सबैलाई समेट्न नसक्ने भएकोले राजनीतिक दलहरुले गर्ने यस्ता नवप्रवर्तनका कामहरुलाई प्रोत्साहन गर्न सकेकोमा युवाहरुलाई लगानी र स्टार्टतर्फ आकर्षित गर्न सकिने बताएका छन्। उनले कांग्रेसले आयोजना गरेको यस कार्यक्रमले धेरै युवाहरुलाइ उधम क्षेत्रमा प्रबेश गर्न महत्वपूर्ण भूमिका खेल्नेसमेत बताएका छन्।

काम गर्ने इमानदारीता र इच्छाशक्ति भएमा सफल उद्यमी बन्न असम्भव नभएको उल्लेख गर्दै अध्यक्ष ढकालले भने, ‘यो श्रेणीमा आउन मलाइ ४० बर्ष लाग्यो। पहिला चुनौती थियो अहिले धेरै सहज छ। अहिले बैंक र बित्तीय संस्थाले सहज रुपमा ऋण लिन सकिने व्यवस्था गरेका छन्। विभिन्न समिटहरु भइरहेका छन। त्यसबाट सहजै अवसर लिन सकिने अवस्था छ।’

त्यसैगरी नेपाल महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएकी छन्। उनले भनिन्, ‘सहज ढंगले उद्योग व्यवसाय गर्नका लागि आर्थिक नेटवर्किङ धेरै महत्वपूर्ण भएकाले बैंक बित्तीय संस्थाले उद्योग व्यवसाय गर्नेहरुको लागि विश्वास गर्नुपर्छ। जबसम्म हामीले नेपालमै उत्पादित सामग्रीको प्रयोग गर्न सक्दैनौं तबसम्म हामी आत्मनिर्भर बन्न सक्दैनौं। सुरुमा आफूले आफैंलाइ विश्वास गर्न सक्नुपर्छ।’

नेपाल महिला उद्यमी महासंघमा ५५ सय महिला उद्यमीहरु आवद्ध छन्। र देशभर लाखौं उद्यमीहरुलाई यसमा जोडन भुमिका खेलेको अध्यक्ष ज्ञवालीले बताएकी हुन्।
नेपालमा महिलाहरु आफैं आत्मनिर्भर बनेर अगाडि बढ्नको लागि निरन्तर प्रयत्न गरिरहेको समेत उनले बताइन्। उनले थपिन्, ‘हामीले राज्यलाई भनेका छौँ र ५२ प्रतिशत महिला छौँ। हामी ५० प्रतिशत अधिकार राजनीति वा व्यवसायिक जीवनमा पनि प्रयोग गर्न चाहन्छैं र त्यसका लागि अबसर दिनुपर्छ।’

बिजनेस अक्सिजनका सीईओ सिद्धान्त राज पान्डेले विदेशीने युवाहरुलाई नेपालमा नै राख्नका लागि सहज लगानीको वातावरण र कानुनी झन्झटहरुबाट मुक्त गरिनुपर्ने बताए। उनले भने, ‘नेपालमा युवा पुस्ताले साइड विजनेस गरेर लाखौँ कमाइरहेका छन्। केही नभएको भन्ने होइन तर युवा पुस्तालाई विदेशीनबाट रोक्नका लागि लगानीमा सहजीकरण र कानुनी अड्चनहरु फुकाउनुपर्ने देखिन्छ।’ उनले वैकल्पिक लगानीलाई खुला गर्नुपर्नेसमेत तर्क गरेका छन्।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निवार्ण चौधरीले वित्तिय संस्थाले ठूलो लगानीको वातावरण सिर्जना गरेको उल्लेख बताएका छन्। उनले भने, ‘निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सरकारले नवपवर्तनलाई बढावा दिने कानुनी सहजीकरण गर्न सकेको अवस्थामा मुलुकको अर्थतन्त्र चापमा पर्दैन। उनले सकारात्मक सोचसहित व्यवसाय गर्नको लागि युवा वर्गलाइ जागृत गर्नसके आर्थिक परिवर्तन सम्भव भएकोसमेत बताएका छन्।

२७ वर्षदेखि निरन्तर उद्यमशीलताका क्षेत्रमा काम गरिरहेका औद्योगिक उद्यम विकास संस्थानका प्रमुख उमेश कुमार गुप्ताले पछिल्लो समय स्टार्टअपको दायरा बढ्दै गएको बताएका छन्। उनले भने, ‘केही वर्षयतादेखि स्टार्टअपको दायरा फराकिलो बन्दै गएको छ। हामीले निरन्तर उद्यमी नहुउन्जेल फलो गरिरहेका छौँ। गत वर्षदेखि हामीले स्टार्टअप कर्जासहितको नीति अगाडि बढाएका छौं। आगामी दिनमा यो क्षेत्र झनै फराकिलो बनेर अगाडी बढने आधार तयार भइरहेका छन्।’

उद्यमशीलताको विकासका लागि अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उनले भने, ‘सरकारले उद्योगी व्यवसायीको लागि कानुनी व्यवस्थाको सहजीकरण गर्ने हो भने युवाहरु व्यवसायिक क्षेत्रमा प्रवेश गर्न असहज छैन।’

सम्मेलनको तेस्रो सत्र ‘कृषि उद्यमशीलताः अवसर र चुनौती’मा सहभागी वक्ताहरूले कृषि अर्थतन्त्र बलियो बनाउन सहकारी मोडल उपयुक्त भएको धारणा राखेका एग्री नेपालकी अध्यक्ष सुनीता नुमाफुकीले समन्वय गरेको सम्मेलनको तेस्रो सत्रमा काठमाडौँ विश्वविद्यालयका प्राडा भीम श्रेष्ठ, हाइलाइफ एग्रो एन्ड फुड इन्डस्ट्रिजकी अम्बिका पौडेल, एफएनसीएसआईकी उपाध्यक्ष शान्ता बास्कोटा कोइराला र मुक्तिनाथ कृषि कम्पनीका सीताराम काफ्ले वक्ता थिए।

मुक्तिनाथ कृषि कम्पनीका प्रमुख सीताराम काफ्लेले कृषि अर्थतन्त्रलाई बलियो बनाउन सहकारीको मोडल उचित भएको धारणा राखे। ‘कृषिमा सफलताको लागि सहकारीको मोडलबाट नेपालको कृषि अर्थतन्त्र अगाडि बढाउने हो भने संस्थागत रुपमै नेपालको कृषि क्षेत्रको समस्या समाधान हुन्छ,’ काफ्लेले भने। मुक्तिनाथले त्यही मोडल अनुशरण गरेको समेत उनको भनाइ थियो।

हाइलाइफ अग्रो फुड इन्ड्रस्ट्रिजका प्रमुख अम्बिका पौडेलले कृषि अर्थतन्त्रमा आयात प्रतिस्थापन गर्न सके नेपाल आत्मनिर्भर बन्नसक्ने बताए। त्यसका लागि कृषिमा काम गर्ने व्यावसायीलाई विश्वास गर्नुपर्ने पनि समेत उनले बताएका छन्।

‘जबसम्म उत्पादन गर्ने निकाय र जिम्मा लिने निकायले कृषिलाइ महत्वको साथ हेर्दैन तबसम्म किसानले मूल्य नपाउने समस्या रहिरहन्छ,’ उनले भने, ‘कृषि क्षेत्रमा सप्लाइ चेन गर्न नसक्ने हो भने कृषि क्षेत्रमा रिफर्म सम्भव छैन।’

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक भीम श्रेष्ठले नेपालका धेरै युवा कृषिमै काम गर्नका लागि बाहिर जाने प्रतिष्पर्धा गर्नु चिन्ताको विषय भएको बताएका छन्। ‘अथाह सम्भावना भएको नेपालमा कृषि पेसाको सम्मान नहुनु, कृषि गर्नका लागि राज्यले व्यावसायिक वातावरण निर्माण गर्न नसक्नु प्रमुख समस्या देखिन्छ,’ उनले भने। नीति निर्माण गर्दा कम्तीमा २० वर्ष रिफर्मको यात्रा तय गर्न सक्नुपर्ने उनको तर्क छ।

घरेलु अथा सना उद्योग महासंघका उपाध्यक्ष शान्ता बास्कोटा कोइरालाले नेपालको कृषि क्षेत्रको सम्भावनालाई उत्पादन र बजारीकरणको मापदण्ड बनाउनको लागि उत्पादनकर्ताले मात्र नसक्ने बताइन्। उनले भनिन्, ‘त्यसका लागि बजारीकरण गर्नका लागि सहजीकरण गर्ने निकायले भूमिका खेल्दछ। त्यसका लागि सरकारले न्युनतम मूल्य तोक्नै पर्छ। न्यूनतम् मूल्य तोक्दा उत्पादनकर्ता पनि घाटामा जानु पर्दैन।’

सम्मेलनमा नेपालका लागि इजरायली राजदूत सुमुलिक एरी बास, दक्षिण कोरियाका राजदूत पार्क ताइ योङ, इजिप्टका लागि नेपाली दूतावासका डिसिएम मोहम्मद कान्डिल, भारतीय दूतावासका कमर्स सेक्रेटरी सुमन शेखर र बेलायती दूतावासका राजनीतिक सल्लाहकार सुमित शर्मा सहभागी भएका थिए। उनीहरूले कांग्रेसले आयोजना गरेको सम्मेलनको प्रशंशा गरेका थिए।

प्रकाशित: २०८१ माघ १६ गते बुधबार ०६:५३
प्रतिक्रिया

थप समाचार

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ: सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८३–२०८७)...

राष्ट्रिय यातायात नीति जारी: सार्वजनिक यातायातलाई पूर्ण विद्युतीय बनाउने

काठमाडौँ: सरकारले मुलुकको यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाउने उद्देश्यका साथ राष्ट्रिय यातायात नीति, २०८३ जारी गरेको छ। मन्त्रिपरिषद्को गत असार २४ गतेको बैठकले स्वीकृत...

भदौदेखि नयाँ बजार व्यवस्थामाथि छलफल हुने, सेबोनले नियमावली तयार गर्दै

बोर्डका अनुसार यी विषयसँग सम्बन्धित नियम, निर्देशिका तथा परामर्शपत्र साउनभित्र तयार गरिने लक्ष्य राखिएको छ। त्यसपछि भदौ महिनादेखि लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी तथा अन्य...

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना