काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बाल मृत्युदर घटेकाले मानिसको नेपालीको आयु बढेको बताएका छन्।
पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको मंगलबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘अहिले हाम्रो सरदर आयु ७२ वर्ष किन पुगेको छ? हामीले बालमृत्यु दर घटाइदियौँ। १० बर्षमा एउटा बालक बित्यो भने १० जना मान्छे सय बर्ष बाचेको छ। तिनको आयु ९० वर्ष हुन्छ,’ प्रधानमन्त्रीले भने, ‘मातृ शिशु कल्याणको क्षेत्रमा हामीले थुप्रै काम गरेका छौँ।’
औषत आयु बढाउँदै जाने, ब्रेन ह्यामरेज, हर्टअट्याकसमेत कम गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ।
उनले मुटुलाई स्वस्थ राख्नपर्नेमा जोड दिदै जनताको जिवस्तरमा सुधार ल्याउन सरकारले काम गरिरहेको र यो सवैको इस्यु भएको समेत बताए।


