काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गर्ने भएका छन्।
‘सभापति लामिछानेले सभामुखलाई भेट्ने कार्यक्रम छ,’ रास्वपा स्रोतले भनाइ छ, ‘उहाँ पहिले सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालय जानुहुनेछ।’
लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो।
संसद् बैठक सुरु हुनुअघि सभापति लामिछानेले पछिल्लो समसामयिक अवस्था र सांसदले खेल्नुपर्ने भूमिकाबारे ब्रिफिङ गर्ने कार्यक्रम छ।


