काठमाडौँ- प्रतिनिधि सभाको पहिलो बैठकमा नै रास्वपाका सांसदले बैठक सञ्चालनमा अवरोध गरेका छन्। सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यलयले पठाएको पत्र पढ्न नपाउँदै रास्वपाका सांसदले आफू बसेको स्थानबाट उठेर अवरोध गरेको हो।
प्रतिनिधि सभामा आफूहरूले पहिले बोल्न पाउनुपर्ने भन्दै उभिएका थिए। तर सभामुख घिमिरेले उनीहरूलाई बोल्नका लागि समय दिएनन्। रास्वपाले भने आफ्नो अडान राखिरह्यो। सभामुखले उनीहरूलाई बसेर बैठक सञ्चालनको वातावरण बनाउन अनुरोध गरेका थिए।
‘आफू अनुकूल मात्र नहेरौँ। सभामुखको आदेशले भन्ने पनि नियमावलीमा होला। सभामुखको आदेश मानौँ,’ सभामुखले भनेका थिए।
तर रास्वापका सांसदहरूले विरोध जारी राखे। अन्त्यमा सभामुखले उनीहरूलाई आदेश दिएपनि रास्वपाका सांसदले अनुरोधले नपुगेको भन्दै आदेश दिए। यद्यपि रास्वपा सांसद मान्न मञ्जुर छैनन्।
