भक्तपुर- आशिका तामाङ धरौटीमा रिहा भएकी छन्। जिल्ला अदालत भक्तपुरले तामाङलाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो।
भक्तपुरमा सूर्यविनायक नगरपालिकाले बनाएको झुलुङ्गे पुलको बोर्ड बिगारेको आरोपमा उनलाई पक्राउ गरिएको थियो।
शुक्रबार अदालतमा पेस गर्दा उनीसँग धरौटी माग गरिएको हो।
माघ २ गते प्रहरी वृत्त गौशालाले उनलाई अभद्र व्यवहार कसुरमा पक्राउ गरेको थियो।
प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै उनलाई पक्राउ गरिएको थियो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई माघ १४ गते १० हजार धरौटी माग गरी रिहा गर्न आदेश दिएको थियो।


