काठमाडौँ- भारतमा भएको सवारी दुर्घटनामा ५ नेपालीको मृत्यु भएको छ।
भारतको बिहारस्थित मुजफ्फरपुरमा शनिबार भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। बीआर ३२ प ४६६१ नम्बरको स्कोर्पियो दुर्घटनामा परेको हो।
घटनास्थल धनुषामा पर्ने नेपाल-भारत सीमा नजिकै पर्छ। जिल्ला प्रहरी कार्यालय धनुषालाई दुर्घटनाबारे भारतीय पक्षले धनुषा प्रहरीलाई जानकारी गराएको थियो।
दुर्घटनामा परी मृत्यु हुनेमा अर्चना ठाकुर, कनतारनी देवी, बालकृष्ण झा र इन्दु देवी छन्। गाडीका चालक पनि नेपाली नै भएको र उनको पनि मृत्यु भएको तर नाम नखुलेको धनुषा प्रहरीको भनाइ छ।
दुर्घटनामा मनोहर ठाकुर, कामिनी झा , सृष्टि ठाकुर र जगतारण देवी घाइते भएका छन्। मृतक तथा घाइते कुम्भमेलामा गएर फर्किँदै गरेकाहरु भएको धनुषा प्रहरीको भनाइ छ। घाइतेहरुको स्थानीय श्रीकृष्ण मेडिकल कलेजमा उपचार भइरहेको छ।
मृतक र घाइतेहरु महोत्तरीको हर्दिया र धनुषाको जनकपुरका भएको धनुषा प्रहरीको भनाइ छ।


