काठमाडौँ- नेपाल बार एसोसिएसको २७ औं केन्द्रीय कार्यसमितिका लागि निर्वाचन समिति गठन भएको छ।
वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाको संयोजकत्वमा निर्वाचन समिति गठन भएको भएको हो।
निर्वाचन समितिका सदस्यमा वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौला, वरिष्ठ अधिवक्ता तेजनाथ धमला, अधिवक्ता सेमन्त निरौला र चन्द्रबहादुर शाही रहेका छन्।
यसअघि नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठलाई निर्वाचन समितिको सदस्य बनाइएको कुरा सार्वजनिक भएपछि श्रेष्ठले निर्वाचन समितिमा बस्न अस्वीकार गरेपछि सिटौलालाई सदस्य बनाइएको हो।



