ललितपुर- फोन पेले बिमाको प्रिमियम भुक्तानी गर्दा शतप्रतिशतसम्म क्यासब्याक पाउने अफर ल्याएको छ।
फोन पेमा आबद्ध बैंकको मोबाइल बैंकिंग एपमार्फत बिमाको प्रीमियम भुक्तानी गर्ने तीन जनाले शतप्रतिशत क्यासब्याक पाउने अफर ल्याइएको हो।
यस्तो क्यासब्याक अधिकतम १५ हजारसम्म हुने फोन पेले जानकारी दिएको छ। यो अफर माघ ३० गतेसम्म जारी रहने फोन पेको भनाइ छ।
मोबाइल बैंकिङ एप फोनपे बिल्स वा ‘अनलाइन भुक्तानी’ सेक्सन गई ‘बीमा’ विकल्प छानेपछि आफ्नो पोलिसी नम्बर, जन्म मिति, भुक्तानी रकम भरी भुक्तानी गर्न सकिने फोन पेले जानकारी दिएको छ।
