काठमाडौँ- नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्य नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा औपचारिक रूपमा जोडिएका छन्।
प्रचण्ड प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारको भूमिकामा रहेका आचार्यलाई सचिवालयका सबै कामकारबाही हेर्ने जिम्मा दिइएको प्रचण्डनिकट स्रोतले जानकारी दिएको छ।
आचार्यलाई जिम्मेवारी दिइएको विषय सोमबारको पदाधिकारी बैठकमा पनि जानकारी गराइएको थियो।
यसअघि उक्त जिम्मेवारीमा रहेका रमेश मल्ललाई विशेष प्रदेशको सहईन्चार्ज बनाइएको छ।


