काठमाडौँ- बेलायती राजकुमारी काठमाडौँ आइपुगेकी छन्।
मंगलबार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजकुमारी अवतरण गरेकी हुन्।
बेलायती राजकुमारी बेलायतबाट आइपुगेकी हुन्। राजकुमार भारतबाट १२.३० मा विमानस्थलमा आइपुग्ने कार्यक्रम छ।
आइतबारदेखि भारत भ्रमणमा रहेका राजकुमार एडवार्ड (दिल्लीबाट) र सोफिया (लन्डनबाट) फरक–फरक जहाजमा काठमाडौँ अवतरण गर्ने कार्यतालिका अनुसार सोफिया अवतरण गरिसकेकी छन् भने एडवार्ड दिल्लीबाट आउँदैछन्।
राजकुमार दम्पतीले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने तालिका छ।
६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन्।
भ्रमणका क्रममा उनीहरुले पोखराको ब्रिटिश गोर्खा क्याम्पमा पनि जाने बताइएको छ।
भ्रमणकै क्रममा उनीहरु नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण हिमश्रृंखला नियाल्न जानेसमेत तालिका छ।










*सच्याइएको


