काठमाडौँ- किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन थालिएको छ।
ह्युमन पपिलोमा भाइरस (एचपीभी) खोप अभियान आजबाट सुरु गरिएको हो।
१० देखि १४ वर्षका १६ लाख ८८ हजार ६८८ किशोरीलाई यो खोप लगाउने सरकारको लक्ष्य छ।
प्रधानमन्त्री केपी ओलीले काठमाडौंको बालुवाटारस्थित शिवपुरी स्कुलबाट र मुख्यमन्त्रीहरूले सातै प्रदेशबाट खोप अभियानको शुभारम्भ गरेका छन्।
हरेक विद्यालयमै गएर खोप दिने सरकारको लक्ष्य छ। विद्यालयको पहुँचबाहिर रहेका बालिकाले पनि खोप लगाउन पाउँछन्।
देशभर ८ हजार २ सय खोप केन्द्र तोकिएको छ।













