काठमाडौं– पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वी रुकुमको हुकामगाउँ वरपर केन्द्रबिन्दु भएर आज बिहान २ः५९ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि बाजुराको बिछिया केन्द्रबिन्दु भएर गत २१ वैशाखमा ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।


