२०८३ कार्तिक १५ गते शनिवार

टीयू स्कुल अफ म्यानेजमेन्टको सामाजिक व्यवसाय प्रदर्शनी माघ २५ गते

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २२
somtu2

काठमाडौं – स्कुल अफ म्यानेजमेन्ट, त्रिभुवन विश्वविद्यालय (एसओएम टियु) को आयोजनामा ‘दोस्रो सामाजिक व्यवसाय प्रदर्शनी २०२५’ यही माघ २५ गते (फेब्रुअरी ७, २०२५) शुक्रबार कीर्तिपुरस्थित ‘स्कुल अफ म्यानेमेन्ट’मा आयोजना हुँदैछ।

‘दिगोपनको यात्रा’ नारासहित यो कार्यक्रमले नेपालको सामाजिक व्यवसाय प्रवर्द्धन, उद्यमशीलता र दिगो व्यापारको सम्भावनालाई उजागर गर्ने उद्देश्य राखेको छ।

यस प्रदर्शनीमा २५ भन्दा बढी स्टलहरू रहनेछन्, जसमा हस्तकला, वातावरणमैत्री उत्पादन, जैविक कृषि, पुनर्चक्रण, नवप्रवर्तनमूलक प्रविधि, सूचना प्रविधि, र सामाजिक व्यवसाय प्रवर्द्धन गर्ने स्टलहरू हुनेछन्। कार्यक्रममा व्यवसायीहरू, नवउद्यमी, विद्यार्थी, स्थानीय समुदायका प्रतिनिधिहरू, मिडियाकर्मी तथा सामाजिक प्रभावशाली व्यक्तित्वहरू सहभागी हुनेछन्। साथै, कार्यशाला, प्यानल छलफल, नेटवर्किङ, व्यवसाय प्रवर्द्धन तथा नवीनतम सामाजिक व्यवसायका अवधारणाहरूमा छलफल गरिनेछ।

कार्यक्रममा विभिन्न सामाजिक व्यवसायका उत्पादनहरू तथा सेवा प्रदर्शन गरिनेछ। सहभागी व्यवसायहरूमा रिकृति, कास्या ज्वेलरी, फूल प्रसाद, क्रोसेट क्रिएसन, सिस्टर्स क्रिएशन, आनुग्रह हस्तकला, समाह ज्वेलरी, भांग्रो, दीगो नेपाल, विन्टर ग्रीन टी, हात्ती हात्ती, लाछी, भूमिथान, मानुषी नेपाल लगायतका स्थानीय उद्यमीहरू रहनेछन्।

प्रदर्शनीको मुख्य आयोजक स्कूल अफ म्यानेजमेन्ट, त्रिभुवन विश्वविद्यालयका एमबिए २३औं ब्याचका विद्यार्थी हुन्। उनीहरूका अनुसार, यो कार्यक्रम स्थानीय स्तरका दिगो व्यवसायलाई प्रवर्द्धन गर्ने र उद्यमशीलता विकास गर्ने उत्कृष्ट मञ्च हुने छ।

व्यवसाय प्रदर्शनीमा सहभागी हुन इच्छुक जोसुकैले माघ २५ गते बिहान १० बजेपछि स्कुल अफ म्यानेजमेन्ट क्याम्पस, कीर्तिपुरमा उपस्थित हुन सक्नेछन्।

प्रकाशित: २०८१ माघ २२ गते मङ्गलबार ०८:०७
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना