२०८३ कार्तिक २६ गते बुधबार

हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन चैत १ देखि

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २३
himawat

काठमाडौँ-  मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले आगामी चैत १ गतेदेखी ३ गतेसम्म ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मेलन–२०८१’ को आयोजना गर्ने भएको छ। बुधबार मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै सम्मेलनको बारे जानकारी गराएको हो।

हिमवत्खण्डमा उद्भव भएका मानव सभ्यता र सांस्कृतिक वैभवहरूका साथै यस भू–खण्डमा बसोवास गर्ने विभिन्न भाषा–भाषीका विभिन्न संस्कृति, सभ्यता र ज्ञान परम्परालाई आत्मसात् गर्दै यहाँका विविध जातजाति तथा समुदायबीच संस्कृति आदानप्रदान गर्ने, संस्कृति, सभ्यता र ज्ञान परम्पराका सम्बन्धमा प्राज्ञिक विमर्श गर्ने, तिनको खोज–अन्वेषण, अध्ययन–अनुसन्धान, संरक्षण, संवर्द्धन र प्रबर्द्धन गर्ने, बहुभाषिक एवम् बहुसांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाई हिमवत्खण्डका संस्कृति र सभ्यताप्रति गौरवको भावना जगाउने, सामाजिक एकता र सद्भावलाई भावनात्मक र व्यावहारिक रूपमै सुदृढ तुल्याउँदै जाने उद्देश्यले हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मैलन २०८१ आयोजना गर्न लागिएको हो।

यस सांस्कृतिक सम्मेलनबाट हिमवत्खण्डका परम्परागत ज्ञान तथा मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।भावी पुस्तालाई यस भू–खण्डका परम्परागत मूल्य–मान्यताको महत्व बोध गराई यसप्रति आकर्षित गराइने छ।

सम्मेलनमा हिमवत्खण्डमा बसोबास गर्ने विविध जातजातिका परम्परागत मौलिक संस्कृति, सांस्कृतिक झाँकी, वाद्यवादन, गीत–सङ्गीत, शिल्पकला, ललितकला, वेशभूषा, गरगहना, खानपान आदिको प्रदर्शनी गरिनेछ।

सम्मेलनमा नेपालका सातवटै प्रदेशमा बसोबास गर्ने विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरूको प्रदर्शनी पनि गरिनेछ र ती सांस्कृतिक सम्पदाका बारेमा गोष्ठी–पत्रको प्रस्तुतिसहित प्राज्ञिक विमर्श गरिने छ।

यस सम्मेलनमा भारतका नेपाली भाषी क्षेत्र सिक्किम, दार्जिलिङ, आसाम, मणिपुर, मेघालय, उत्तराञ्चलको देहरादुन, उत्तर प्रदेशको बनारस, लखनउका साथै अन्य देश म्यानमार, भुटान, बङ्गलादेश, थाइल्यान्ड, चीनको तिब्बतमा बसोबास गर्ने नेपाली भाषी लेखक–साहित्यकार, संस्कृतिविद् सांस्कृतिक अभियन्ता तथा कलाकारहरूको उल्लेखनीय सहभागिता रहने छ।

सम्मेलनका मुख्य आकर्षणहरू
नेपालका सातवटै प्रदेश हिमाल, पहाड, तराईका सांस्कृतिक झाँकीहरूको प्रतिनिधित्व गराइने छ।सम्मेलनमा नेपालबाहिरबाट एक जना गोष्ठी–पत्र विज्ञसहित बढीमा ५ जनाको समूह बनाउने गरी आमन्त्रण गरिएको छ।नेपालका सातवटै प्रदेशबाट एक एक वटा गोष्ठी–पत्र प्रस्तुत गरिनेछ।

नेपालबाहिरका सहभागी स्थानबाट प्रतिनिधिमूलक गोष्ठी–पत्र प्रस्तुत गरिनेछ। सम्मेलन स्थल तथा मञ्चलाई मौलिक नेपाली पनको झल्को दिने गरी सजावट गरिने छ।सम्मेलनमा सांस्कृतिक प्रस्तुती गरिनेछ।सम्मेलनमा प्राज्ञिक विमर्श गरिने छ।

साथै प्रतिष्ठानले सहभागीहरुलाई सम्भव भएसम्म आ–आफ्ना मौलिक तथा राष्ट्रिय पोसाकमा सहभागी हुन अनुरोध समेत गरेको छ।

प्रकाशित: २०८१ माघ २३ गते बुधबार ०४:४०
प्रतिक्रिया

थप समाचार

उज्यालो चाँडको अँध्यारो विछोड: तिहारको रमझमबीच विदेशिनेको लर्को [फोटोफिचर]

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ लाखौँका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ ! पञ्यायतकालिन जनताका दु:ख समेटेर लेखिएको जेबी टुहुरेको यो गीत आज पनि उत्तिकै सान्दर्भिक छ। देशमा...

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना