भरतपुर- चितवन जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ। सहारा सहकारीको रकम हिनामिनाको अभियोग लागेपछि उनीसँग जिल्ला अदालतले बयान लिएको हो।
चितवन अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा उनको बयान भएको हो।
बुधबार बिहान पौने १२ बजेदेखि सुरु भएको बयान भर्खरै सकिएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए।
सहारा चितवनको रकम हिनामिना गरेको अभियोगमा लामिछानेसहित १५ जनाविरूद्ध चितवन जिल्ला अदालतमा मङ्गलबार मुद्दा दर्ता भएको थियो। व्यक्तिबाहेक ६ वटा संस्थाविरूद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ।
प्रतिवादीमा लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअली सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ रहेका छन्।
रविलाई संगठित अपराधमा जोगाएका न्यायाधिवक्तामाथि छानबिन गर्न समिति गठन


