काठमाडौँ- संघीय संसद्का दुवै सदनको बैठक बिहीवार (आज) बस्दै छ।
प्रतिनिधि सभा बैठक दिउँसो १ बजे र राष्ट्रिस भाको बैठक १:१५ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।
प्रतिनिधि सभा बैठकमा अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव र अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना टेबुल हुनेछ।
बैठकमा सरकारले ल्याएको अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा छ।
आजको बैठकमा समितिको प्रतिवेदन, मूल्यांकन प्रतिवेदन र वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूची छ।
राष्ट्रियसभा बैठकमा पनि अध्यादेश र विधेयक पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।





