२०८३ कार्तिक २६ गते बुधबार

नेपालमा पहिलो पटक अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गरिँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २४
dhan_nach
धाननाच

काठमाडौँ-  सरकारले नेपालमा पहिलो पटक अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ। यसरी सूचीकरणको प्रक्रिया थालिएको यो पहिलो हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि नै जारी गरी ती सांस्कृतिक सम्पदाको सूचीकरणका लागि काम थालेको हो। अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी ऐन नभएकाले ऐन निर्माण प्रक्रिया पनि थालिएको छ।

मन्त्रालयका सांस्कृतिक महाशाखा प्रमुख डा सुरेश सुरज श्रेष्ठले पहिलो पटक सूचीकरणका लागि आवेदन आह्वान गरिसकेको जानकारी दिए। उनले यो युनेस्कोमा लैजानका लागि पहिलो प्रयास पनि भएको बताए।

युनेस्कोको सन् २००३ को ‘कन्भेन्सन’अनुसार यस्ता सम्पादन सूचीकरण हुनुपर्छ। नेपालले अहिलेसम्म अभौतिक सम्पदाको सूचीकरण गर्न सकेको छैन। विश्व सम्पदा सूचीमा भौतिक सम्पदामात्र सूचीकरण छन्।

‘उता गर्न नसके पनि नेपालमा गरौँ, यसले युनेस्कोमा लैजानका लागि महत्वपूर्ण आधार हुन्छ भन्ने भएर यसलाई अघि बढाइएको हो, यो त्यसका लागि प्रारम्भिक अभ्यास हो,’ अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) कार्यविधि २०८१ जारी गरी मन्त्रालयको सांस्कृतिक महाशाखाले सूचीकरणका लागि आवेदन आह्वान गरिरहेको छ। आवेदन दिने मिति भने २०८२ साल वैशाख मसान्तसम्मको समयसीमा तोकिएको छ।

कार्यविधिमा अभौतिक सांस्कृतिक सम्पदा भन्नाले नेपालमा परम्परागत रुपमा बसोबास गर्दै आएका जातीय समुदायका एक पुस्ताबाट अर्काे पुस्तामा  पुस्तान्तरण हुँदै र अभ्यास हुँदै आएका मौखिक परम्परा तथा अभिव्यक्ति, अभिनय तथा मञ्चन कला, सामाजिक व्यवहार अनुष्ठान, जात्रा पर्व, प्रकृति एवं ब्रमाण्डसम्बन्धीका ज्ञान हो भनिएको छ।

यस्तै परम्परागत कला कौशल, उत्पादन गर्ने सीप र प्रविधि, परम्परागत खेल, खाद्य परिकारका सीप, पहिरनलगायत आभूषणसम्बन्धी ज्ञान, सम्पदा अभ्यास कार्यान्वयन तथा अभ्यास गर्ने स्थल र स्मरणमा रहेका तर अभ्यासमा नरहेका अमूर्त सांस्कृतिक सम्पदालाई अभौतिक सांस्कृति सम्पदामा समावेश गरिएको छ।

मुख्य गरी यस्ता सम्पदाबारे जनमानसमा सूचीत गराइ संरक्षण र विकास गर्ने, सम्बद्ध व्यक्ति, समूह वा समुदायको  सम्पदाप्रतिको सम्मान सुनिश्चित गर्न तथा अभिलेख राख्नका लागि राष्ट्रिय सूचीमा सूचीकरण गर्ने, सूचीकरणका लागि उत्प्रेरित गर्ने र सूचीकरण पश्चात त्यस्ता सम्पदाको संरक्षण तथा व्यवस्थापनमा  प्रोत्साहन गराउने उद्देश्य रहेको छ।

सङ्घीय मन्त्रालयका साथै यस्ता सम्पदाको स्थानीय र प्रदेश मन्त्रालयले पनि  आफ्नो क्षेत्रभित्रमा सूचीकरण गर्न सक्ने कर्याविधिमा उल्लेख छ। यसरी सूचीकरणका लागि सम्बन्धित समुदायको पहिचानसँग सम्बन्धित हुनुपर्ने, व्यक्ति, समूह र समुदायको सहमति हुनुपर्ने, उनीहरुको जीवनको महत्वपूर्ण अङ्ग भएको हुनुपर्ने, निरन्तर अभ्यास हुँदै आएको र पुस्तान्तरणको प्रतिबद्धता व्यक्त गरिएको तथा सम्पदामाथि गम्भीर खतरा आइपरेको र तत्काल संरक्षण नगरी नहुने अवस्था रहेको एवं सम्बद्ध व्यक्ति, समुदाय र पक्षले प्रयास गर्दागर्दै पनि गम्भीर जोखिमा परी तत्कालै संरक्षण गर्नुपर्ने अवस्थाको हुनुपर्ने छ।

यस्तै सोही कर्याविधिको दफा २ को खण्ड (क)मा समावेश सम्पदा हुनुपर्ने जनाइएको छ। यसरी सूचीकरण गर्न सम्पदाको पूर्ण विवरण, कार्यविधिको अनुसुची ४ मा तोकिएको ढाँचा, सम्पदाको फोटो, अडियो तथा भिडियो (अनुसूची ३ मा तोकिएअनुसार)को हुनुपर्ने छ। यस्तै हालसम्मको पुस्तान्तरणसम्बन्धीको  आवश्यक विवरण, सम्बन्धित स्थानीय तहको सिफारिस, स्थानीय तहमा सूचीकरण भएको भए सोको प्रमाण समावेश हुनुपर्ने जनाइएको छ।

सम्पदासम्बन्धी ऐन बनाउने प्रक्रियामासमेत सुरु भएको यसअघिका उक्त सांस्कृतिक शाखाका प्रमुख शिवराज रेग्मीले जानकारी दिए। उनले अभिलेख राख्न जरुरी देखिएकाले पहिलो पटक सूचीकरण गर्न लागिएको बताए।

यसरी तोकिए बमोजिम आएको निवेदनउपर मन्त्रालयले गठन गरेको मूल्यङ्कन समितिले मूल्याङ्कन गर्ने छ। मन्त्रालयले यसका लागि यससँग सम्बन्धित विज्ञको संयोजकत्वमा समिति गठन गर्ने छ। त्यसमा आदिवासी जनजाति आयोगका विज्ञ प्रतिनिधि, राष्ट्रिय समावेशी आयोगका विज्ञ प्रतिनिधि, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका विज्ञ, त्रिवि नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभागका प्रमुख, मन्त्रालयले मनोनयन गरेको सम्पदा विज्ञ सदस्य र मन्त्रालयको संस्कृति शाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था कार्यविधिमा रहेको छ।

उक्त मूल्याङ्कन समितिले आवश्यक परे विषय विज्ञलाईसमेत बोलाएर सुझाव लिन सक्ने छ। समितिले मूल्याङ्कन गरी ४५ दिनभित्रमा सिफारिस समितिमा पेस गर्नुपर्ने छ। मन्त्रालयले त्यसका लागि संस्कृति महाशाखा प्रमुख संयोजक रहेको सिफारिस समिति गठन गर्ने कार्यविधिमा उल्लेख छ।

उक्त समितिमा भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय अभिलेखालय, पुरातत्व विभाग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, सांस्कृतिक संस्थान, गुठी संस्थानका प्रतिनिधि सदस्य रहने छन्।

मन्त्रालयको संस्कृति शाखा प्रमुख सदस्यसचिव रहने व्यवस्था छ। त्यसपछि प्रक्रिया पुगेका सांस्कृतिक सम्पदा  मन्त्रालयले सूचीकरण भएको घोषणा गर्ने छ। सबै विवरण मन्त्रालयको बेभसाइटमा प्राप्त गर्न सकिने पनि जानकारी गराइएको छ।

सम्पदासम्बन्धी ऐन बनाउने प्रक्रियामासमेत सुरु भएको यसअघिका उक्त सांस्कृतिक शाखाका प्रमुख शिवराज रेग्मीले जानकारी दिए। उनले अभिलेख राख्न जरुरी देखिएकाले पहिलो पटक सूचीकरण गर्न लागिएको बताए।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले यसरी सूचीकरण नहुँदा धेरै सम्पदा लोप भइसकेको र लोप हुने अवस्थामा रहेकाले मन्त्रालयले थालेको काम महत्वपूर्ण भएको बताए। उनले कला क्षेत्रका धेरै यस्ता सम्पदा संरक्षण र सूचीकरण गर्न जरुरी रहेको पनि बताए।

प्रकाशित: २०८१ माघ २४ गते बिहिबार ०१:४६
प्रतिक्रिया

थप समाचार

उज्यालो चाँडको अँध्यारो विछोड: तिहारको रमझमबीच विदेशिनेको लर्को [फोटोफिचर]

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ लाखौँका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ ! पञ्यायतकालिन जनताका दु:ख समेटेर लेखिएको जेबी टुहुरेको यो गीत आज पनि उत्तिकै सान्दर्भिक छ। देशमा...

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना