२०८३ साउन १३ गते बुधबार

बार काउन्सिल पार्षदका उम्मेदवार कोइराला भन्छन्- उत्साहित छु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २४
parshuram_koirala

काठमाडौँ-  नेपाल कानुन व्यवसायी परिषद् (बार काउन्सिल)को बागमती पार्षद् पदका लागि उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालाले प्रचारप्रसारको काम लगभग पूरा गरेको बताएका छन्। बिहीबार मात्र प्रचारप्रचार गर्न पाइने भएकाले मौन अवधि सुरु हुनुभन्दा केही अगावै आफूले प्रचारप्रचारको काम पूरा गरेको कोइरालाले बताएका हुन्।

नेपाली कांग्रेस निकट नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)बाट उम्मेदवारी दिएका कोइरालालाई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट एसपीएलएका कानुन व्यवसायीले समर्थन गरेका छन्। आफ्नो उम्मेदवारीलाई समर्थक एसपीएलएको समर्थन रहेकाले आफू निर्वाचनमा बलियो रूपमा प्रस्तुत भएको कोइरालाको भनाइ छ। यसअघि पनि एसपीएलएसँग साझेदारी गर्दै लडिएका चुनावको नतिजा आफूहरूको पक्षमा आएकाले यसपालि पनि निर्वाचनमा आफू खरो उत्रने उनको भनाइ छ।

‘जित्ने आत्मविश्वासका साथ चुनावमा होमिएको छु। मलाई आफूमाथि भरोसा छ। काउन्सिलको सुरुवातदेखि नै मैले हेरेको छु,’ चुनावी प्रसारप्रसारका कामलाई उत्तरार्द्धतिर पुर्‍याएपछि कोइरालाले नेपाल क्लिक्ससँग भने, ‘काउन्सिल गठनदेखिकै साक्षी भएकाले यसका धेरै प्राविधिक विषयमा पनि जानकार रहेकाले चुनाव जितेर मतदाताहरूको विश्वास जित्ने गरी काम गर्नेमा शतप्रतिशत ढुक्क छु। म उत्साहित छु।’

कानुन व्यवसायीका अधिकारका लागि आफूले उम्मेदवारी दिएको बताएका उनले वकिलहरूको मर्यादामा ह्रास आएको र त्यसलाई जोगाउने भूमिका खेल्ने एजेन्डा कोइरालाले बताए। ‘बार काउन्सिलबाट लाइसेन्स लिएर मात्र हुँदैन। वकिलको योग्यता बढाउन र आचारसंहिता के हो त्यो गर्नुपर्ने हुन्छ। न्याय प्रणालीको सुदृढीकरण गरी कानूनी अधिकारको संरक्षण गर्ने प्रतिबद्धता गरेको छु,’ आफ्ना चुनावी एजेन्डा सुनाउँदै उनले भने। पारदर्शिता र इमानदार वकिलहरूको सशक्तीकरणका लागि आफू चुनावमा होमिएको उनको भनाइ छ।

३२ वर्षदेखि सर्वोच्च अदालतलाई नै कार्यस्थलजस्तै बनाएर काम गर्दै आएका कोइरालाले मुम्बई युनिभर्सिटीबाट १९९९ देखि २००१ मा कमर्सियल ल विषयमा स्नातकोत्तर गरेका छन्। आफ्नो मर्यादा र वकालती अनुशासनका कारण डीएलएले आफूलाई उम्मेदवारका रूपमा अघि सारेकाले साथी र गुरुले आफूलाई यो पदमा उठाएको उनको भनाइ छ।

नेपाल बार काउन्सिल वकिलहरूको नियमनकारी निकाय हो। काउन्सिलले २२ हजार कानुनव्यवसायीको नियमन गर्दै आएको छ। प्रत्येक प्रदेशबाट एक जना चयन गर्नका लागि माघ २६ गते हुने चुनावमा बागमती प्रदेश पार्षद बन्नका लागि कोइरालाले उम्मेदवारी दिएका हुन्।

‘काउन्सिल गठनदेखिकै साक्षी भएकाले यसका धेरै प्राविधिक विषयमा पनि जानकार रहेकाले चुनाव जितेर मतदाताहरूको विश्वास जित्ने गरी काम गर्नेमा शतप्रतिशत ढुक्क छु। म उत्साहित छु।’

वकिल बनेर आउने नयाँ पुस्तालाई वकालती पेसामा सहजीकरण गर्ने आफ्नो मुख्य चुनावी एजेन्डा भएको उनको भनाइ छ। काउन्सिल नियामकीय निकाय भएकाले यसका लागि काम गर्न सकिने उनले दाबी गरे। विश्वविद्यालयको पाठ्यक्रम बनाउने काममा पनि काउन्सिलको भूमिका हुने भएकाले आफूले विश्वविद्यालयको पाठ्यक्रम परिमार्जनका लागि पनि काम गर्ने उनले बताए। कानुनी क्षेत्रमा भएका नयाँ अभ्यासलाई आत्मसात गरेर भाइब्रेन्ट विषयलाई कोर्समा समावेश गर्नका लागि भूमिका खेल्ने आफ्नो एजेन्डा भएको उनको भनाय छ।

नेकपा एमालेनिकट वकिलहरूको संगठन पीपीएलए, माओवादीनिकट आरपीएलए, विप्लव नेकपानिकट पीएलएका, मोहन वैद्य निकट एनपीएलए र जसपानिकट एफएलएले गठबन्धन गरी चुनावमा होमिएका छन्। आफ्ना प्रतिस्पर्धीहरूले धेरै संगठनको गठबन्धन बनाएका भएपनि आफू मतमा विश्वास गर्ने भएकाले परिणाममा आफू अघि आउने उनको विश्वास छ। धेरै दलको गठबन्धन भएपनि मतमा एमालेसहितको गठबन्धन कमजोर रहेको उनको भनाइ छ।

कोइरालासँग ५ दलीय गठबन्धनबाट वरिष्ठ अधिवक्ता रविनारायण खनालले प्रतिस्पर्धा गर्दैछन्। यसपटक बागमती प्रदेशबाट मात्रै ८ हजार ८ सय १८ मतदाता रहेका छन्।

कानून व्यवसायी परिषद्ले कानून व्यवसायीहरूको प्रमाणपत्र, परीक्षा सञ्चालन, कानून व्यवसायीहरूको अनुगमनदेखि उनीहरूको क्षमता विस्तारसम्म काम गर्दछ। महान्यायाधिवक्ताको अध्यक्षतामा रहने कानून व्यवसायी परिषद्को उपाध्यक्षमा नेपाल बार एसोसिएसनका अध्यक्ष रहने व्यवस्था छ। सर्वोच्च अदालतको रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालयको डिनका साथै सातै प्रदेशबाट निर्वाचित भएर आएका ७ जना पार्षद् चयन हुने व्यवस्था छ। काउन्सिल पार्षदको पदावधि ५ वर्ष हुन्छ।

माघ २६ गते बिहान १० बजे सुरु हुने मतदानकोकार्यक्रम दिउँसो ३ बजेसम्म चल्नेछ। बागमती प्रदेशमा हेटौँडामा मकवानपुर बार, काठमाडौँमा सर्वोच्च अदालत प्रांगण र चितवनमा चितवन बार गरी तीन स्थानमा मतदान केन्द्र तोकिएका छन्।

प्रकाशित: २०८१ माघ २४ गते बिहिबार ०५:४०
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना