धनगढी- कैलालीमा आमाछोरी मृत भेटिएका छन्।
गोदावरी नगरपालिका- ११ गोठानमा बिहीबार साँझ आमा-छोरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बाेहराका अनुसार मृत भेटिनेमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेकी छन्।
उनीहरु दुवै जना बिहीबार राति घरमै झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।
मृतक मिराका देवर नरेश विकले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
मृतकका श्रीमान् रोजगारीका लागि भारतमा छन्।
मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


