काठमाडौं – सारंगी वादक एवं वरिष्ठ लोकगायक लालबहादुर गन्धर्वको बिहीबार निधन भएको छ।
लोक संगीतमा क्षेत्रमा महत्वपूर्ण योगदान दिएका गन्धर्वको निधनका संगीत, लाइभ कर्खा र मंगल गीतहरूले नेपाली लोक संगीतलाई नयाँ उचाइमा पुर्याएको थियो।
पृथ्वीनारायण शाहको जीवनी, जङ्गबहादुरको सत्ता उत्थान, ९० सालको महाभूकम्प, विश्वयुद्ध, डॉफे चरी लगायत अनेकन् कर्खा, सवाई उनले रेडियो नेपालमा गाएका थिए। उनको गायन र सारंगी वादनले राष्ट्रियस्तरमा ख्याति कमाएको थियो।
लाल बहादुर गन्धर्वको जन्म २००२ सालको वैशाख १४ गते सल्यानको बयलडाँडाँमा भएको थियो। ९ वर्षको उमेरदेखि सारङ्गी बजाउन थालेका गन्धर्व लामो समयदेखि गोरखाको घ्याम्पेसालमा बस्दै आएका थिए।
उनले २०११ सालबाट आफ्नो सङ्गीतिक यात्रा सुरु गरेका थिए। २०२२ सालमा राजा महेन्द्रको अगाडि भूमि सुधारको गीत गाएर रेडियो नेपालमार्फत लोक सङ्गीतको क्षेत्रमा योगदान गर्न थालेका गन्धर्वले नेपाली सङ्गीतलाई बचाउन र प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका निभाएका थिए।


